परराष्ट्रमन्त्री राणा र अमेरिकी राजदूत थम्पसनबिच भेटवार्ता
प्रकाशित मिति : 19 July, 2024 12:57 pm
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई नेपालका लागि अमेरिकी राजदूत डीआर थम्पसनले भेट गरी बधाई तथा शुभकामना दिएका छन् ।
परराष्ट्रमन्त्री राणालाई शुक्रबार उनकै कार्यकक्षमा भेटेर राजदूत डीआर थम्पसनले बधाई तथा शुभकामना दिएका हुन् ।
भेटमा मन्त्री देउवा र राजदूत थम्पसनबिच दुई देशको सम्बन्ध र विकास साझेदारीलगायत विभिन्न सहयोग सहकार्यको विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।








