२४ आश्विन २०८१, बिहिबार

राष्ट्रिय सभामा थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेश

प्रकाशित मिति :  19 July, 2024 3:20 pm


काठमाडाैँ । राष्ट्रिय सभामा थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९\०८० पेश भएको छ ।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९\०८० सभा समक्ष पेश गर्न अनुमति दिएका थिए ।

अध्यक्ष दाहालको अनुमतिसँगै शुक्रवार राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९र०८० सभा समक्ष पेश गरे । राष्ट्रिय सभाको अर्को बैठक साउन ७ गते सोमवार सवा १ बजे बस्नेगरी स्थगित भएको छ ।



प्रतिक्रिया दिनुहोस !