२० मंसिर २०८२, शनिबार

सिंहदरबारमा तीन दलबिच छलफल, ओलीलाई विश्वासको मत नदिने

प्रकाशित मिति :  19 July, 2024 6:22 pm


काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) सहित तीन प्रतिपक्ष दलबीच सिंहदरबारमा छलफल भएको छ ।

शुक्रवार नेकपा (माओवादी केन्द्र) सहित राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) ले छलफल गरेका हुन् । आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने र सो बारेमा धारणा बनाउन प्रतिपक्ष दलको बैठक बसेको हो ।

प्रतिपक्षको भुमिका निर्वाह कसरी गर्ने र जनताका आवाज कसरी संसदमा बलियो रूपमा उठाउने भन्नेबारेमा साझा धारणा बनाउन बैठक बसेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताए ।

उनले बैठकमा प्रतिपक्षको संख्या कमजोर भएकाले साझा एजेण्डा बनाएर जनजीविकाका सवालमा आवाज उठाउनेबारे छलफल भएको बताए ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा (मोओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले बैठकमा आइतवार संसदमा प्रधानमन्त्रीबाट विश्वासको मत लिने कार्यतालिका रहेको र सो विषयमा धारणा बनाउन बैठक बसेको बताए । उनले प्रमुख प्रतिपक्ष दलसहितका प्रतिपक्ष दलहरू संसदमा कसरी प्रस्तुत हुने भन्नेबारेमा धारणा बनाएको पनि बताए।

उनले दुई ठूला दल मिलेको सन्दर्भमा आम जनतामा लोकतन्त्र कमजोर हुने र निरंकुशतातिर जाने एवं प्रतिपक्ष कमजोर हुने आशंका व्यक्त भइरहेको बताए । उनले एजेण्डा र स्प्रिड र एकताको हिसावले जनताको भावनालाई प्रतिनिधित्व गर्ने समझदारी प्रतिपक्ष दलहरुमा भएको बताए ।

सञ्चारकर्मीहरूसँगको कुराकानीमा नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले प्रधानमन्त्रीले विश्वासको मत लिनेकुरामा प्रतिपक्षको धारणा बनाउन बैठक बसेको बताए । उनले प्रधानमन्त्रीले अहिलेसम्म दुई दल मिलेर सरकार बनाइसकेपनि दुई दलको साझा कार्यक्रम नआएको बताए ।



प्रतिक्रिया दिनुहोस !