काँग्रेसीहरू पढ्दै पढ्दैनन् भन्ने भाष्य चिर्नुपर्छः सभापति देउवा
प्रकाशित मिति : 21 July, 2024 11:32 am
काठमाडाैँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसीहरू पढ्दैनन् भन्ने भाष्य चिर्न आवश्यक रहेको बताएका छन् ।
आइतवार ४२ औं बिपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस केन्द्रिय पुस्तकालय शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेसले पढ्दै पढ्दैनन् भन्ने भनाइ रहेको भन्दै पुस्तकालय शुभारम्भ भएसँगै काँग्रेसीहरूले अध्ययन गर्ने बानी बसाल्ने विश्वास व्यक्त गरे ।
उनले विश्वेश्वरप्रसाद कोइराला राजनीतिदेखि साहित्य लगायतका हरेक कुरामा सक्षम र उनको योगदान अविष्मरणीय रहेको बताए । उनले कोइराला राजनीतिमा आफ्नो जीवनभर आफ्ना सिद्धान्त स्थापित गर्न र राष्ट्रको लागि जुनसुकै बलिदान गर्न तयार रहेको व्यक्ति भएको पनि बताए । सभापति देउवाले पुस्तकालयमा सबैले पढ्ने सहज वातावरण बनाउन आग्रह गरे ।








