सुरू भएका काम सक्ने सरकारको मुख्य प्राथमिकता होः प्रधानमन्त्री ओली
काठमाडाैँ । प्रधानन्त्री केपी शर्मा ओलीले जनतामा भरोसा जगाउने र सुरू गरिएका कामहरू सक्ने कुरा प्राथमिकतामा रहेको बताएका छन् ।
आइतवार प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले अहिले सधै काम भइरहेको हुने तर कहिल्यै नसकिने अवस्थाको अन्त्य गरिने बताए । उनले विकासका मामिलामा देखिएको अनुशासन हिन्ताको अन्त्य गर्ने बताए । उनले सरकार काम भइरहको छ भन्न नभइ थालिएको काम सकियो भनेर सुनाउन आतुर रहेको बताए ।
प्रधानमन्त्री ओलीले थालिएको काम समयमा सम्पन्न गर्न क्षमता अभिवृद्धि गर्ने बताए । उनले मन्त्रालयगत कार्य प्रगतिको मूल्याङ्कन गर्ने व्यवस्था र पुँजीगत खर्च वृद्धि गर्ने बताए । उनले ताकिएको लागत समय परिणाम र गुणस्तरको काम सम्पन्न नगर्नेलाई कानून अनुसार जिम्मेवार बनाउने र जिम्मेवार नभए कारबाही गर्ने बताए । उनले परियोजनाहरूको लागत वृद्धि हुन नदिने बताए ।
प्रधानमन्त्री ओलीले आवश्यक ऐन संशोधन सहित नीतिगत सुधार गर्ने बताए । उनले निर्माण सम्पन्न गरेर पनि भुक्तानी पाउन नसकेका निर्माण व्यवसायीहरुका समस्या तत्काल समाधान गर्ने बताए । उनले अन्य देशहरू व्यापार गरेका छन् हामी किन्ने मात्रै भएकाले उत्पादन वृद्धि गरी व्यापार गर्ने सरकारको प्राथमिकता रहेको बताए ।