२० मंसिर २०८२, शनिबार

भ्रष्टाचार गर्दैनौं,सहँदैनौं र कसैलाई गर्न दिँदैनौंः प्रधानमन्त्री ओली

प्रकाशित मिति :  21 July, 2024 2:18 pm


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने, नसहने र कसैलाई भ्रष्टाचार गर्न नदिने बताएका छन् ।

आइतवार प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भ्रष्टाचार अख्तियारका विषयसँग जोडिएका विषयको छानविन तथा अनुसन्धान गरिने बताए । उनले कुनै कालखण्डमा भएका भ्रष्टचार र जो कोही भ्रष्टाचारी उपर कानूनी कारबाही अघि बढाउने बताए ।

उनले भ्रष्टाचार एक दिन कानूनी कठघरामा उभिनुपर्छ भन्ने भाष्य समाजमा स्थापित गराउने बताए । उनले सहकारी पीडितका सम्बन्धमा उचित निणय लिने बताए । उनले जो कोही भएपनि सहकारी ठगलाई कानूनी कारबाही गर्ने बताए । उनले सुशानको लागि स्टण्ड नभएर सही विचार चाहिने बताए ।

“एउटा कुरा खुलस्त भन्न चाहन्छु । दुनियाका अगाडि दुनियाले सुन्नेगरी भन्न चाहन्छु । भ्रष्टाचार गर्दैनौं । भ्रष्टाचार सहदैनौं र कसैलाई भ्रष्टाचार गर्न दिँदैनौं । भ्रष्टाचार अख्तियारका विषयसँग जोडिएका विषयको छानविन तथा अनुसन्धान गर्छौं । यसमा ढुक्क भए हुन्छ । कुनै कालखण्डमा भएका भ्रष्टचार र जो कोही भ्रष्टाचारी उपर कानूनी कारबाही अघि बढाउँछौं,” उनले भने ।



प्रतिक्रिया दिनुहोस !