२४ आश्विन २०८१, बिहिबार

संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीतालाई थप सुदृढ गरिनेछ: देउवा

प्रकाशित मिति :  21 July, 2024 2:47 pm


काठमाडाैँ । सत्तारुढ नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन गर्दा सबै राजनीतिक दलहरूबिच संवाद र सहमती गरेर अघि बढ्ने कुरामा आफूहरु स्पष्ट रहेको बताएका छन् ।

आइतवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेकाे विश्वासको मत सम्बन्धि प्रस्तावमाथिकाे छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् ।

सभापति देउवाले संविधान संशोधन गर्दा ‘संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गरिनेछ पनि बताए । उनले देशका विद्यमान जटिलतालाई हटाउनका लागि संविधान संशोधन गर्ने कुरा लोकतान्त्रिक प्रक्रिया भित्रै पर्ने भएकाले यसलाई अन्यथा ठान्न नहुने बताए ।

सभापति देउवाले मुलुकलाई समृद्ध बनाउन राजनीतिक स्थिरता चाहिएकाले काँग्रेस र एमाले दुई ठूला दल मिलेर सरकार बनाउनु परेको बताए ।



प्रतिक्रिया दिनुहोस !