स्याङ्जामा करेन्ट लागेर एक जनाको मृत्यु
प्रकाशित मिति : 21 July, 2024 4:14 pm
काठमाडौँ । स्याङ्जाको पुतलीबजार नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पुतलीबजार नगरपालिका वडा नम्बर ५ चौर बस्ने ३२ वर्षीय शुशिला कार्की रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता इन्द्र बहादुर रानाले जानकारी दिए ।
उनले आफ्नो बोईलर कुखुराको फर्म सफा गर्ने क्रममा आज दिउँसो करेन्ट लागेर घाइते भएकी थिइन् । घाइते कार्कीलाई उपचारको लागि जिल्ला अस्पताल स्याङ्जा लगिएको थियो ।
उनको उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएकाे छ ।