२६ आश्विन २०८१, शनिबार

प्रधानमन्त्री ओलीलाई पुनको प्रश्नः गिरीबन्धु टि स्टेट लगायतका प्रकरणमा के गर्नुहुन्छ ?

प्रकाशित मिति :  21 July, 2024 4:22 pm


काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति, कार्यक्रम र बजेट विपरित अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री ओलीले आफूमाथि प्रतिनिधि सभामा विश्वासको मत राख्ने क्रममा दिएकाे अभिव्यक्ति जनतालाई भ्रम दिनेगरी आएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

आइतवार प्रतिनिधि सभा बैठकमा प्र्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले गिरिबन्धु टि स्टेट लगायतको भ्रष्टाचारको फाईल नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले खोल्ने बित्तिकै नयाँ सत्ता समिकरण बनाएको आरोप लगाउँदै त्यस विषयमा के हुन्छ भनि सरकारलाई प्रश्न गरे ।

उपमहासचिव पुनले गिरी बन्धु टि स्टेट लगायतका भ्रष्टाचारको काण्ड लुकाउन काँग्रेस र एमालेले मिलेर सरकार बनाएको आरोप लगाउँदै त्यसको जवाफ आफूहरूले चाहेको बताए ।

उनले भने,”आज प्रधानमन्त्रीले जति कुराहरू गर्छु भन्नुभयो । ती कुराहरू भाषणमा मात्रै सीमित हुनेछन् । किनभने त्यसलाई कार्यक्रमले, बजेटले समर्थन गर्नुपर्ने हुन्छ । होइन भने जनतालाई झुक्याउने खालको कुरा हुन्छ । यसो नगरीदिनुहोस् भन्ने मेरो अनुरोध हो ।”

उपमहासचिव पुनले नेपाली काँग्रेसले पनि गिरीबन्धु टी स्टेटलगायतको मुद्दामा उठाएको प्रश्नमा प्रधानमन्त्रीसँग जवाफ माग्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !