कर्णाली सरकारबाट बाहिरियो माओवादी
प्रकाशित मिति : 22 July, 2024 11:16 am
काठमाडौँ । कर्णाली प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिएको छ । नेकपा (एमाले) नेतृत्वको सरकारमा माओवादीबाट सहभागी चार मन्त्रीले आज राजीनामा दिएका छन् ।
केन्द्रमा दुई ठूला दल नेपाली कांग्रेस र एमालेबिच नयाँ समीकरण बनेसँगै एमाले नेता यामलाल कँडेल नेतृत्वको प्रदेश सरकारमा माओवादीबाट सहभागी आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्रबहादुर केसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावत, ऊर्जा तथा जलस्रोतमन्त्री रणसिंह परियार र सामाजिक विकासमन्त्री वीरबहादुर शाही पदमुक्त भएका छन् ।