२४ आश्विन २०८१, बिहिबार

त्रिशुली दुर्घटनामा हराएकाकाे खोजी गर्न १९७ सुरक्षाकर्मी परिचालनः प्रधानमन्त्री ओली

प्रकाशित मिति :  22 July, 2024 4:07 pm


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशुली यात्रु बस दुर्घटनामा हराएकाहरूको खोजी गर्न १९७ जना सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिएका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीले असार २८ गते त्रिशुलीमा भएको यात्रु बस दुर्घटनामा परेर हराएकाहरूको खोजी कार्य जारी रहेको बताएका हुन् । उनले खोजी कार्यमा नेपाली सेनाका १४ जना, नेपाल प्रहरीका ५६ जना र सशस्त्र प्रहरी बल नेपालका १२६ जनागरी १९७ जना सुरक्षाकर्मीले खोजी कार्य गरिरहेका जानकारी दिए ।

त्यस्तै ५ जना भारतीय गोताखोर पनि परिचालन गरिएको उनले बताए । हराएका ६२ जनामध्ये हालसम्म २५ जनाको शव फेला परेको उनको भनाई छ ।

जसमध्ये १८ जनाको सनाखत भएको र ७ जनाको सनाखत हुन बाँकी रहेको उनले जानकारी दिए । उनले नदीले बगाएका शवहरू भेटिन सक्ने सम्भावित स्थलहरू चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम र भारतको पूर्वी चम्पारणसम्म खोजी कार्य भइरहेको बताए ।



प्रतिक्रिया दिनुहोस !