मौद्रिक नीतिले निजी क्षेत्रको चासोलाई सम्बोधन गर्नुपर्छः सांसद पुन
नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले मौद्रिक नीति नीजि क्षेत्रको चासोलाई सम्बोधन गर्नेगरी ल्याउनुपर्ने बताएका छन् ।
सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद पुनले नीजि क्षेत्रले सङ्कुचनको महशुस गरिरहेको भन्दै मौद्रिक नीतिमा लचकता अपनाउनुपर्ने बताएका हुन् । उनले घरजग्गा कारोबार र शेयर कारोबारमा रहेका अप्ठ्याराहरूलाई फुकाउनुपर्ने बताए ।
उनले लगानीयोग्य पुँजी बैंकहरूमा थुप्रिएर बसेको भन्दै मौद्रिक नीतिले त्यसलाई चलायमान बनाउनुपर्ने बताए ।उनले नेपाल राष्ट्र बैंकको स्वायत्तता र विज्ञतामा सरकारले हस्तक्षेपमा गर्नु नहुने बताए ।
“वित्तिय नीति र मौद्रिक नीति एक अर्काका पूरक हुन् । त्यही रूपले आउनुपर्छ । समयमै आउनुपर्छ । खासमा अहिले नीजि क्षेत्रले सङ्कुचनको महशुस गरिराखेको छ । केही कडाइको महशुस गरिराखेको छ । केही लचकता गर्नुपर्छ । घरजग्गा कारोबार, शेयर कारोबारमा रहेका क्यापिङहरू, अप्ठ्याराहरूलाई फुकाउनुपर्छ । लगानीयोग्य पुँजी पर्याप्त छ । बैंकहरुमा थुप्रिएर बसेको छ । त्यसलाई चलायमान बनाउनलाई मौद्रिक नीतिले सघाउ पु¥याउनुपर्छ,”उनले भने ।