२५ माघ २०८२, आइतबार

जुम्लामा निसासिएर दिदी बहिनीको मृत्यु

प्रकाशित मिति :  23 July, 2024 11:45 am


काठमाडौं । जुम्लामा निसासिएर एक सुत्केरी महिला र उनकी बहिनी १९ वर्षीया युवतीको मृत्यु भएको छ।

जुम्लाको पातारासीमा कोठामा आगो बाल्दा निस्किएको धुवाले निसास्सिएर दिदीबहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

प्रहरीकाअनुसार मृत्यु हुनेमा ११ दिनकी सुत्केरी २२ वर्षीया मायालक्ष्मी महतारा र उनकी बहिनी १९ वर्षीया जुनमाया रोकाया छन्।

निसासिएर गम्भीर बिरामी परेकी मायालक्ष्मीको उपचारका क्रममा सोमबार मृत्यु भएको छ भने उनकी बहिनी जुनमायाको आज बिहान मृत्यु भएकोप्रहरीले जनाएको छ ।

सुत्केरी र नवजात शिशुलाई चिसोबाट जोगाउन बालिएको आगोको धुवाँमा दिदीबहिनी निसास्सिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !