२४ आश्विन २०८१, बिहिबार

नेपाल र रुसबिचको सम्बन्धलाई पुनःताजगीकरण गर्नुपर्छ : ओली

प्रकाशित मिति :  23 July, 2024 2:26 pm


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबिचको पुरानो सम्बन्धलाई पुनःताजगीकरण गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज रुसको महिला भलिबल टोलीसँगको भेटवार्ता गर्दै प्रधानमन्त्रीले ओलीले दुई देशबिचको सम्बन्धलाई पुनःताजगीकरण गर्ने बताएका हुन् ।

भेटमा प्रधानमन्त्री ओलीले सोभियत सङ्घ हुँदादेखि नै रुसबाट नेपालले शिक्षा, यातायात आदि क्षेत्रमा सहयोग पाउँदै आएको उल्लेख गर्दै खेलका लागि रुस एक प्रकारको बादशाह नै भएको बताए ।

ओलीले दुई देशको भलिबल टोलीबिच मैत्रीपूर्ण खेल हुनुलाई सकारात्मकरुपमा लिँदै यस्ता खेलका साथै रुसको प्रसिद्ध सर्कस र नेपालको मौलिक नृत्य, आर्केष्ट्रा आदि संस्कृतिको आदानप्रदानमा अर्थपूर्ण निरन्तरता हुनुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस !