२४ आश्विन २०८१, बिहिबार

लुम्बिनीमा एमाले टुङ्गायाे ४ मन्त्री

प्रकाशित मिति :  24 July, 2024 6:28 am


काठमाडौँ । नेकपा एमालेबाट लुम्बिनी प्रदेशमा प्रतिनिधित्व गर्ने चार मन्त्रीको नाम टुङ्गाएको छ ।

मुख्यमन्त्री आचार्यले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुअघि नै लुम्बिनीले मन्त्रीहरूको समेत नाम टुङ्ग्याएको हो ।

कांग्रेससँगको सहमति अनुसार एमालेले मुख्यमन्त्री र चार मन्त्रालय पाएको छ ।

एमालेबाट भोलि भूमिश्वर ढकाल, दिनेश पन्थी, खेमबहादुर सारु मगर र सीता शर्मा चौधरी मन्त्री बन्ने पक्का भएको हो ।

मन्त्रालय भने बुधबार बिहानसम्म टुङ्गो लागेको छैन ।

कांग्रेससँग छलफल भइरहेकाले मन्त्रालय भने टुङ्ग्नि बाँकी रहेको एमालेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !