२४ आश्विन २०८१, बिहिबार

धावनमार्ग छाड्नासाथ भुईमा बजारियो जहाज

प्रकाशित मिति :  24 July, 2024 12:10 pm


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको ९एन–एएमई ९सीआरजे २००० जहाज दुर्घटनामा परेको छ ।

यो जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको हो । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो ।

दुर्घटनापछि अहिले उद्धारकार्य जारी छ। विमानस्थल प्रहरीकाअनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन् भने केहीलाई उद्धार गरेर अस्पताल लगिएको छ ।

उक्त जहाजमा चालक दलका सदस्यसहित १९ जना रहेको अधिकारीहरुले बताएका छन् । जहाज दुर्घटनालगत्तै गृहमन्त्री रमेश लेखक घटनास्थल पुगेका छन् ।
जहाज विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फ पर्ने केही नजिकको क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।



प्रतिक्रिया दिनुहोस !