एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै
प्रकाशित मिति : 25 July, 2024 8:17 am
काठमाडौँ। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको छ।
पार्टीमा केन्द्रीय कमिटीलाई पूर्णता दिन कार्यविधि तथा मापदण्ड बनाउने, कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्ने लगायत विषयमा बैठकले निर्णय गर्ने भएको छ।
केन्द्रीय सदस्यका लागि सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी सन्तुलन मिलाएर मनोनयन गरिने उनको भनाइ छ। पार्टीमा २०६ केन्द्रीय सदस्य पद रिक्त छन् ।








