२३ मंसिर २०८१, आइतबार

चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

प्रकाशित मिति :  28 July, 2024 7:17 am


काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

आइतवार बिहानीपख बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसा आगामी २४ घण्टामा लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले सचेत बनाएको छ।



प्रतिक्रिया दिनुहोस !