२३ भाद्र २०८१, आइतबार

देउवाको शरीर एमालेतिर भएपनि मन हामीसँगै छः अध्यक्ष नेपाल

प्रकाशित मिति :  28 July, 2024 8:03 am


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काँग्रेस सभापति शेरबहादुर देउवालाई एमालेसँगको सत्ता सहकार्यबारे पुनर्विचार गर्न आग्रह गरेका छन्।

देउवाको शरीर एमालेतिर भए पनि भावना आफूहरुसँग रहेको जिकिर गर्दै अध्यक्ष नेपालले सत्ता सहकार्य राम्रो मनसायले भएको को कि होइन? भनेर बुझ्नुपर्ने बताएका हुन्।

पुष्पलाल स्मृति प्रतिष्ठानले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवालाई आफूले बोलाएको जानकारी दिँदै उनले केपी ओलीले नकारात्मक रुपमा लिन्छन कि भनेर उत्तालिएको हुनसक्ने टिप्पणी पनि गरे।

अध्यक्ष नेपालले सत्तारुढ दलप्रति लक्षित गर्दै संविधानमाथि आघात पु¥याउने कुनैपनि सैह्य नहुने बताए। उनले संविधान संशोधन जस्तो विषयलाई गुपचुपमा गर्न नसकिनेतर्फ पनि काँग्रेस एमालेलाई सचेत गराए।

अध्यक्ष नेपालले भने, “लगभग १० वर्षको हाम्रो अभ्यासको समिक्षा गर्नुपर्ने आवश्यकता छ । तर गुपचुपमा संविधान संशोधन गर्नेकुरा कति जायज हो रु त्यसो हुनाले मुल कुरा के हो ? संविधान संशोधन, होइन । मुल कुरा अर्कै छ । त्यो के छ नभनि हालौं । त्यसो हुनाले आफ्ना आफ्ना स्वार्थ सिद्धी गर्नका लागि अनेक किसिमको जामा पहिरिए पनि वास्तविक समयमा उजागर हुनेछ । हामी जोड के दिन चाहन्छौ भने–नेपाली जनताको ठूलो बलिदानबाट ल्याएको यो संविधानमा आघात पु¥याउने काम नहोस् । यो लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने र मास्ने कुनै पनि खालको काम नहोस् ।”

अध्यक्ष नेपालले समाजवादी मोर्चालाई अघि बढाउनका लागि जरुरी रहेको उल्लेख गर्दै त्यसमा पहल गर्ने काम आफूले गरिरहेको बताए।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !