आगामी निर्वाचनमा एक्लै चुनाव लडेर जित्ने अभियानमा छौँः अध्यक्ष दाहाल
काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ०८४ लाई लक्षित गरी पार्टीले काम गर्ने बताएका छन् ।
आइतवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयाजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आगामी दिनमा पार्टीलाई गतिशिल पार्टीको रुपमा नयाँ रुपान्तरणसहित अघि बढाइने पनि बताए ।
दाहालले ०८४ लाई लक्षित गरेर एक्लै चुनाव जित्ने उद्देश्यका साथ पार्टीअघि बढिरहेको बताए । उनले आफूले सरकार छोड्दा विजेताको रूपमा बाहिरिएको तर अहिले सरकारमा रहेकाहरू हारेको जस्तो गरी सरकारमा बसिरहेको टिप्पणी गरे ।
उनले आफूहरू जनता र मुद्दासँग जोडिएको बताउँदै सुशासन, सामाजिक न्याय, आर्थिक विकासको पक्षमा काम गरेपछि भ्रष्टहरूले भएको आरोप लगाए ।
“हामी आउने दिनमा गम्भीर ढंगले यो पार्टीलाई फेरि गतिशिल पार्टीको रूपमा नयाँ रुपान्तरणसहित ०८४ लाई टोर्गेट गरेर एक्लै चुनाव लडेर जित्ने उद्देश्यका साथ हाम्रो छलफल चलिरहेको छ । यस्तो बेलामा तपाईंहरु हाम्रो पार्टीमा जोडिन आउनुभएको छ । आज जोडिने कमरेडहरुलाई हार्दिक बधाई भन्न चाहन्छु, स्वागत गर्न चाहन्छु । झन्डै डेढ वर्ष सरकारको नेतृत्व गरेर हामी गत २८ गते विश्वासको मत लिने क्रमसँगै सरकार छोड्नुपर्ने स्थिति बन्यो,”उनले भने ।
अध्यक्ष दाहालले उत्साह र विश्वासको साथ संगठन सुदृढ गर्ने अभियानमा आफूहरू लागेको पनि बताए ।








