१ आश्विन २०८१, मंगलबार

सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छः सञ्चारमन्त्री गुरुङ

प्रकाशित मिति :  29 July, 2024 3:38 pm


काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने पक्षमा नरहेको बताएका छन् ।

सोमवार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रेस स्वतन्त्रतामाथि कठोर बन्ने पक्षमा सरकार नरहेको भन्दै सरकारले नियमन मात्रै गर्न खोजेको बताए । उनले प्रेसको नियमन पनि मन्त्रालयका निकायबाट नभइ स्वायत्त छुट्टै निकाय बनाइने बताए । उनले नियमन, स्वनियमन, संवद्र्धन, प्रवद्र्धन स्वायत्त निकायबाट हुनेगरी व्यवस्था मिलाउने बताए ।

“हाम्रो एउटा अनुरोध के छ भने प्रेस फ्रिडममाथि मन्त्रालयले केही कठोर बन्न खोजेको हो की भन्ने शंका तपाईंहरुलाई लाग्छ भने म अनुरोध गर्न चाहन्छु, हामी सबै एकै ठाउँबाट नै आएका छौँ । हामी सबै जना प्रेस फ्रिडम वा प्रेस स्वतन्त्रतामाथिको विश्वास छ नि, हामी शतप्रतिशत प्रेस स्वतन्त्रताको पक्षमा छौँ । त्यसैले हाम्रो नियतमा कुनै त्यस्तो प्रश्न नउठाउनु होला,”उनले भने ।

वर्तमान सरकार नियन्त्रिण लोकतन्त्र, नियन्त्रित प्रेस स्वतन्ताको पक्षमा नरहेको पनि स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस !