२४ आश्विन २०८१, बिहिबार

आज साउन १५, खीर खाएर मनाइँदै

प्रकाशित मिति :  30 July, 2024 10:37 am


काठमाडौँ । आज साउन १५ खीर खाएर मनाइँदै छ । साउन १५ लाई खीर खाने पर्वका रुपमा मनाउने चलन रहि आएको छ ।


आर्युेवेदमा खीरलाई प्राचीन भोजनका व्याख्या गरिएको पाइन्छ । दुध र चामलको समिश्रणबाट बनेको खिरलाई मिठो परिकारका रुपमा चार्डपर्व र पूजा पाठमा विशेष प्रयोग गरिन्छ । हिन्दु परम्परा अनुसार खीरलाई शुद्ध भोजनका रुपमा पनि लिइन्छ ।

असार–साउनमा धान रोपाइँमा हिलो र पानीमा काम गर्दा लाग्ने चिसोको असर कम गर्न साउन १५मा खीर खाने परम्परा रहेको पाइन्छ । तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले साउन महिनामा खीर खाने चलन छ ।

दूधमा मरमसला हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने गर्दछ ।



प्रतिक्रिया दिनुहोस !