२३ मंसिर २०८१, आइतबार

अन्नबाली उत्पादनमा विषादीको प्रयोग नगरौँः कृषिमन्त्री अधिकारी

प्रकाशित मिति :  30 July, 2024 1:49 pm


काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले विषादीको प्रयोग नगरी अन्नबाली उत्पादन गर्न आग्रह गरेका छन् ।

कालीमाटी फलफूल तथा तरकारी विकास समितिको बधाई ज्ञापन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले सम्भव भएसम्म विषादी प्रयोगमा न्युनिकरण गर्न आग्रह गरे।
उनले विषादीको प्रयोग कम गरे रोगहरु घट्ने र सबैलाई फाइदा हुने उल्लेख गर्दै मन्त्रालयले गर्नसक्ने सहयोग गर्न आफू प्रतिवद्ध रहेको बताए ।

उनले रैथानी बालीको बेवास्ता गरिएको भन्दै आपत्ति जनाउनु भयो । कालीमाटी तरकारी बजार र सिंगो उपत्यकालाई बचाउनका लागि उपत्यकावासीको चुल्होमा स्वस्थ तरकारी र फलफूल पु¥याउन पुग्न आफूले सक्दो प्रयास गर्ने पनि बताए।

उनले भने, ‘हामीले रैथाने बाली बेवास्ता गरेका छौँ । विकासे बालीलाई किराहरु लाग्ने भएकाले विषादी नराखी सम्भावना छैन । मल प्रयोग नगरी सुख छैन । वस्तुको मलले फल्दैन । अवस्था अत्यन्त गम्भीर छ । विषादी सम्भव भएसम्म न्युनिकरण गरौँ । विषादी प्रयोग नगरौँ । हामीले यो कुरालाई तिब्रताकासाथ लैजान सक्यौँ भने बढी फाइदा हुन्छ । रोग धेरै घट्छ । विषादी प्रयोग गरेका सामान खाइयो भने सबैको घर र चुल्होमा समस्या हुन्छ । कालीमाटी तरकारी बजार र सिंगो उपत्यकालाई बचाउनका लागि उपत्यकाको चुल्होमा पुग्नका लागि मैले मेरो ठाउँबाट के गर्नसक्छु म त्यो गर्न तयार छु ।’

कालीमाटी फलफूल तथा तरकारी विकास समितिले सिंगो उपत्यका ओगट्ने स्थिति सिर्जना गरी कमजोरी हटाउँदै जानुपर्ने बताए



प्रतिक्रिया दिनुहोस !