२४ आश्विन २०८१, बिहिबार

मेरो देशभक्ति मेरो दैनिकीमा झल्कन्छः सांसद वाग्ले

प्रकाशित मिति :  30 July, 2024 5:33 pm


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई अराष्ट्रिय तत्वको रूपमा भाष्य निर्माण गर्न लागिएको भन्दै खेद व्यक्त गरेका छन् ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीमा युवा शक्ति र विदेशमा पढेको, अनुभव हासिल गरेको शक्ति भएको भन्दै उनीहरूलाई भ्रष्टाचारको आरोप लगाउन नसकिने बताएका हुन् । उनले पञ्चायतकालमा काँग्रेस, कम्युनिस्टलाई अराष्ट्रिय तत्व भनेजस्तै अहिले रास्वपालाई अराष्ट्रिय तत्वको रूपमा भाषय निर्माण गर्न खोजिएको भन्दै यसप्रति खेद व्यक्त गरे।

उनले राष्ट्रको चिन्ता गर्ने राष्ट्रवाद भएको भए आज अफगानिस्तानपछि दोस्रो तन्नम मुलुकको रूपमा नेपाल नरहने भन्दै कस्तो खालको राष्ट्रवादको अभ्यासले नेपाललाई त्यहाँ पु¥याइएको हो भनि प्रश्न गरे । उनले आफूहरू छिमेकी राष्ट्रहरूको उन्नयन र प्रगतिमा गाँसिएर आफ्नो सार्वभौमिकतालाई अक्षुण राख्दै हाक्काहाक्की संवाद गर्नसक्ने बताए । उनले रास्वपाले नयाँ कुटनीति र नयाँ राजनीतिको संस्कार बसाउन लागेको बताए ।



प्रतिक्रिया दिनुहोस !