२३ भाद्र २०८१, आइतबार

चिनियाँ राजदुतको अभिव्यक्ति आपत्तिजनकः सांसद खान

प्रकाशित मिति :  30 July, 2024 5:36 pm


काठमाडाैँ । जनमत पार्टीका सांसद अब्दुल खानले चिनियाँ राजदुत छन् सोङले सामाजिक सञ्जालमा व्यक्त गरेको धारणाप्रति निन्दा गरेका छन् ।

मंगलवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै खानले यस्तो धारणा व्यक्त गरेका हुन् । उनले असार २८ मा त्रिशुली नदीमा खसेको दुई वटा बस र हराइरहेका यात्रुको खोजी गर्न भारतले टोली पठाउँदा चीनले आपत्ति जनाएको भन्दै जनमत पार्टीले निन्दा व्यक्त गर्ने बताए । उनले चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरे नेपाली जनताले सहन नसक्ने चेतावनी दिए ।

“एउटा मित्र देशले विज्ञ टोलीसहित बस खोज्न सहयोग गर्दा अर्को मित्र राष्ट्र चीनको राजदुतले बसमा सवार मधेसी, मुस्लिम, थारू, दलित समुदायका साथै सम्पूर्ण नेपाली र नेपालीको दुःखमा नुनचुक छर्ने निन्दनीय अभिव्यक्ति एक्समा लेख्नुभएको छ । यसमा नेपाल सरकार गम्भीर हुनुपर्छ,” उनले भने ।

उनले चीनका राजदुतले सामाजिक सञ्जाल एक्समा समाचार शेयर गर्दै हराएको बस खोज्न भन्दा पहिला चुम्बक खोज भन्ने अभिव्यक्ति दिनु आपत्तिजनक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !