२३ मंसिर २०८१, आइतबार

भोजपुरको जलविद्युत् आयोजनामा कार्यरत दुई जना बेपत्ता

प्रकाशित मिति :  31 July, 2024 10:23 am


प्रतिकात्मक तस्बिर

काठमाडौं । गएराति आएको अविरल वर्षाका कारण बाढीले भोजपुरको इखुवा खोला जलविद्युत आयोजनामा कार्यरत २ जना मजदुर बेपत्ता भएका छन् । भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको थियो ।

बेपत्ता हुनेमा बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू छन् ।

जिल्ला प्रशासन कार्यालय भोजपुरका अनुसार राति करिब १ बजेतिर खोलामा आएको बाढीले ३ जनालाई बगाएको थियो । त्यसमध्ये दुइ जना सम्पर्कविहीन भएका हुन् ।

बाढीमा बगेर घाइते भएका २६ वर्षीय राम किसन थारूको उपचार भइरहेको प्रशासनले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !