२३ मंसिर २०८१, आइतबार

काठमाडाैँमा घरभित्रै बाढी, जनजीवन अस्तव्यस्त (फोटो फिचर)

प्रकाशित मिति :  31 July, 2024 12:50 pm


काठमाडाैँ । मंगलवार रातिको अविरल वर्षाका कारण काठमाडौँ उपत्यका यतिबेला डुबानले जलमग्न छ । काठमाडौँ उपत्यकाका तीन जिल्लाहरू (काठमाडौँ, ललितपुर र भक्तपुर) का नदी किनारका बस्ती, सडक संरचनाहरू लेदो पानीले भरिएको देख्न सकिन्छ ।

काठमाडौँको बल्खु, भक्तपुरको हनुमन्ते खोली आसपासका क्षेत्रहरूमा बाढी पसेको छ । जसले उपत्यकाका आम नागरिको जनजीवन प्रभावित भएको छ । नदी किनार छेउमा व्यापार व्यवसाय गर्दै आएकाहरू पानी र लेदो बालुवा पन्छाउँदै गरेको देख्न सकिन्छ । नदी छेउका सडकहरूमा पनि राम्रोसँग यातायात सञ्चालन हुन सकेका छैनन् ।

कतिपय विद्यालयहरू बाढीकै कारण बन्द भएका छन् भने कतिपय अनलाइन माध्यमबाट अध्ययन गराइरहेका छन् । नदी छेउका नागरिकहरू यसबाट प्रत्यक्ष प्रभावित भएका छन् । कतिपय स्थानमा घरभित्रै बाढी पसेको छ । जसकारण आर्थिक क्षति कति भयो भन्ने यकिन छैन ।

फाेटाे: न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !