२९ पुस २०८१, सोमबार

प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न रहेको आरोपमा एक जना पक्राउ

प्रकाशित मिति :  31 July, 2024 3:37 pm


काठमाडाैँ । नेपाल प्रहरीले मिनभवनस्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न भएको आरोपमा १७ वर्षपछि एक व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

मंगलवार नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वर्ष ३९ का रञ्जन खड्कालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ परेका खड्का जिल्ला काठमाडौँ साविक का.जि. काठमाडाैँ महानगरपालिका वडा नम्बर ३५ हाल काठमाडाैँ महानगरपालिका –३२ बस्ने वर्ष ३९ का रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले बताए ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडीबाट साउन १५ गते पक्राउ गरिएको हो । सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि सविता थापा र विनोद थापालाई पक्राउ गरी कारबाही अघि बढाएको थियो । खड्का र जिल्ला भक्तपुर मध्यपुर ठिमी लोकन्थली बस्ने राजिव पाण्डे सहितको समूहले रड र ईट्टा समेत प्रहार गरी घाईते बनाई बेहोस अवस्थामा छोडी फरार रहेकोमा निजको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो ।

बैंक तथावालेटको कर्मचारी हुँ भन्दै अनलाइनमार्फत ठगी गर्ने दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा जिल्ला रौतहट माधवनारायण नगरपालिका वडा नम्बर २ घर भइ हाल काठमाडौंको कोटेश्वर बस्ने वर्ष २१ का शुभम साह र रौतहटको गौर नगरपालिका वडा नम्बर ३ घर भई हाल काठमाडौँ कोटेश्वर बस्ने वर्ष २३ को सत्यमकुमार सहनीलाई पक्राउ गरी सार्वजनिक गरेको बताए ।

उनले फेसबुक, ह्वाट्सएप, इमो, भाइबर जस्ता एपहरुको प्रयोगमार्फत ईसेवा वालेट लगायत विभिन्न व्यक्तिहरुको नाममा रहेका बैंक खातामा समेत रकम ट्रान्सफर गरी अनलाइनमार्फत ठगीमा परेका पीडितहरू २२ जनाले यस वर्ष काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा आइ उजुरी दिएको बताए ।



प्रतिक्रिया दिनुहोस !