२८ माघ २०८१, सोमबार

शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउँदा पीडितमैत्री हुनुपर्छः उपप्रधानमन्त्री पौडेल

प्रकाशित मिति :  31 July, 2024 5:55 pm


काठमाडाैँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउँदा पीडितमैत्री हुनुपर्ने बताएका छन् ।

बुधवार ललितपुरमा प्रकाश काफ्लेको ३२ औं स्मृति दिवस एवं ३० औं प्रकाश मानव अधकार पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले शान्ति प्रक्रियाका बाँकी काम छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्ने बताए । उनले अझैपनि द्वन्द्वका घाउहरू नमेटिएको भन्दै शान्ति प्रक्रियालाई निस्कर्षमा पु¥याउने काम बाँकी रहेको बताए ।

उनले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने अभिभारा सबैको काँधमा रहेको उल्लेख गर्दै यसमा सरकार, रानीतिक दलहरू, मानवअधिकार कर्मी, आम नागरिकहरूको काँधमा रहेको बताए । उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउँदा पीडितको पक्षपोषण हुनेगरी टुंग्याउनुपर्ने बताए ।

“शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने सिलसिलामा हामी कसैले पनि छोड्न, बिर्सन, कमजोर हुन नदिने विषय के छ भने शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउँदा हाम्रा निस्कर्षहरू पीडितमैत्री हुनुपर्छ । पीडितको पक्षमा हुनुपर्छ । बाँकी रहेका विषयमा पीडितको पक्षपोषण हुनेगरी ति विषय टुंगो लगाउनुपर्छ,” उनले भने ।



प्रतिक्रिया दिनुहोस !