‘लगातार संसद बैठक राख्दा समिति बैठक बस्न समस्या भयो’

काठमाडाैँ । संसदीय समितिका सभापतिहरूले लगातार संसदको बैठक नराख्न सभामुख देवराज घिमिरेसँग आग्रह गरेका छन् ।
बुधवार संसदीय समितिका सभापतिहरूसँगको छलफलमा सभामुख घिमिरेसँग सांसदहरूले लगातार संसदको बैठक राख्दा समितिको बैठकमा सांसदहरूको गणपूरक संख्या नपुग्ने समस्या आएको बताएका हुन् ।
उनीहरूले संसदको बैठकपछि सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमा जाँदा समस्या समिति बस्न समस्या भइरहेकाले दिन बिराएर संसद र समितिको बैठक राख्न आग्रह गरेका हुन् । छलफलबारे जानकारी दिँदै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति अब्दुल खानले सभामुख घिमिरेले समितिमा विधेयकको अवस्थाका बारेमा चासो राखेकाे बताए ।
उनले समितिलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका बारेमा पनि छलफल भएको बताए । संशोधन कर्ताहरू धेरै भएका कारण समितिको हल सानो भएकाले ठाउँको व्यवस्थापन गर्न सभापतिहरूले आग्रह गरेकाे बताए ।
“समिति प्रभावकारी बनाउन सदन भएको दिन पनि बैठक बस्ने व्यवस्था गर्ने र छिटो भन्दा छिटो विधेयकहरू पारित गरी संसदमा पुर्याउ भन्ने निर्देशन भएको छ,”उनले भने । सरकारलाई केही दिनसम्म बिजनेस नहुँदा के गर्ने ? कसरी अघि बढ्ने भन्नेकुरामा पनि छलफल भएको जानकारी दिए । समिति प्रभावकारी बनाउन सदन भएको दिन पनि बैठक बस्ने व्यवस्था गर्ने र छिटो भन्दा छिटो विधेयकहरू पारित गरी पेश गर्न सभामुख घिमिरेले निर्देशन दिनुभएको बताए ।