२३ मंसिर २०८१, आइतबार

मनसुनको प्रभाव देशभर, सातै प्रदेशमा भारी वर्षाको सम्भावना

प्रकाशित मिति :  1 August, 2024 7:08 am


काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा माथि र पूर्वमा सरदर स्थानको आसपास अवस्थित छ।

बिहीवार बिहानीपख देशभर आंशिक देखि साधारणतया बदली साथै बाँकी भू–भागमा आंशिक बदली देखि मूख्यतया सफा रहेको छ । मधेश, बागमती र गण्डकी प्रदेशको एक(दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सबै प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले सजक रहन अनुरोध गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !