गुरु बराल बने एमाले उपाध्यक्ष
प्रकाशित मिति : 1 August, 2024 4:31 pm
काठमाडौँ । नेकपा (एमाले) को उपाध्यक्ष पदमा गुरु बराललाई मनोनयन गरिएको छ ।
बिहीबार बसेको पार्टी सचिवालय बैठकबाट उनलाई उपाध्यक्षमा मनोनयन गरिएको महासचिव शंकर पोखरेलले जानकारी दिए । तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङको निधनपश्चात् उक्त पद रिक्त थियो ।
यस्तै, एमाले स्थायी कमिटी सदस्यमा मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई मनोनयन गरिएको छ ।
सचिवालय बैठकबाट १७ जनालाई केन्द्रीय सदस्यमा समेत मनोनयन गरिएको महासचिव पोखरेलले बताए ।








