एमालेमा न्यौपाने र श्रेष्ठ स्थायी कमिटी सदस्यमा मनोनीत

काठमाडौँ । नेकपा एमालेमा २ जनालाई स्थायी कमिटी सदस्य मनोनीत गरिएको छ ।आज बसेको सचिवालय बैठकले मुकुन्द न्यौपाने र मधेश प्रदेशका पोलिटब्युरो सदस्य रहेका लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनीत गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
त्यस्तै बैठकले निर्वाचन आयोग सदस्यहरुमा अमनसिंह तामाङ, जबि पोखरेल, नर्वदा भण्डारी, रत्ना गुरुङ र कमला केसीलाई सिफारिस गर्ने निर्णय गरेको छ भने अनुशासन आयोगमा मायानाथ अधिकारीलाई सदस्यको रूपमा मनोनित गरेको छ ।
बैठकले सल्लाहकार परिषद्मा कुलानन्द गिरी, महेन्द्र थापा, पिएल श्रेष्ठ, शिवचन्द्र कुशवाह, रामप्रित पासवान, एकवाल मिया, डा. गोपाल खनाल, खालिद हुसेन हकलाई मनोनित गरेको छ ।
त्यसैगरी हरि रिजाल, प्रेमबहादुर सिंह, कृष्णप्रसाद दाहाल, विनोद ढकाल, सानु श्रेष्ठ, सिर्जना शर्मा, प्रदीप भण्डारी, अर्जुनबहादुर थापा, श्याम बगाल, नारायण मरासिनी, घनेन्द्र घिमिरे, नन्दलाल रोकाया, जनक पौडेल, मेघनाथ सुवेदी लगायत अन्य केहीलाई समेत सल्लाहकार परिषद्मा मनोनित गरिएको जनाएको छ ।