२९ पुस २०८१, सोमबार

धेरै बोलेर समय खेर फाल्दिन, काम गरेर देखाउँछुः बालेन्द्र साह

प्रकाशित मिति :  1 August, 2024 6:20 pm


काठमाडाैँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले आफू धेरै बोल्ने भन्दा पनि काम गर्ने बताएका छन् ।

बिहीवार काठमाडौँ महानगर वडा नम्बर ८ को प्रशासनिक भवन समुद्धाटन कार्यक्रममा बोल्दै प्रमुख साहले यस्तो बताएका हुन् । उनले म धेरै बोल्ने भन्दै सबैले भाषण भन्दा पनि काम गर्न जरुरी रहेको बताए । प्रमुख साहले कार्यक्रमहरूमा लामो सम्बोधन र भाषण गरेर समय लिने भन्दा पनि काममा समय दिनुपर्ने बताए ।

उनले २२ वर्षको मेहनतले सम्पदा शैलीमा वडा भवन बनाएकाले आकर्षक देखिएको बताए । उनले पशुपति क्षेत्रका सडकहरू चाँडो र तिब्रगति गतिमा बन्दै जाने विश्वास रहेको बताए । उनले विशेषगरी पशुपति क्षेत्र आफैँमा सम्पदा क्षेत्र भएकाले वडा भवनको मुहार जस्तै सम्पदामैत्री सडक र घरहरुको मुहार हेर्ने चाहना रहेको बताए ।

उनले सम्पदामैत्री क्षेत्र सम्पदामैत्री सडक र घर तथा भवनहरू बनाउनको लागि काठमाडौँ महानगरले बजेट समेत व्यवस्था गरेहेका बताए । उनले सम्पदा क्षेत्रका घरहरु सम्पदामैत्री शैलीमा हुँदा पर्यटकीय क्षेत्र अझ राम्रो देखिने बताए ।



प्रतिक्रिया दिनुहोस !