२० कार्तिक २०८१, मंगलबार

आज सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने

प्रकाशित मिति :  2 August, 2024 8:03 am


काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिँदै छन्। आज अपराह्‍न ४ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिने लागेका हुन ।

सत्तासमीकरण फेरिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) सरकारबाट बाहिरिएपछि नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता एवं मुख्यमन्त्री सोडारी अल्पमतमा परेका छन् ।

संवैधानिक व्यवस्थाअनुसार अल्पमतमा परेका मुख्यमन्त्रीले एक महिना भित्र विश्वासको मत लिइसक्नुपर्ने हुन्छ । सो व्यवस्था अनुसार मुख्यमन्त्री सोडारीले विश्वासमो मत लिन लागेका हुन ।

सोडारी वैशाख ६ गते २८ जनाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सोडारीलाई एमालेका ११, माओवादीका सभामुखबाहेक १०, नागरिक उन्मुक्ति पार्टीका २, समाजवादीका ४ र स्वतन्त्र १ जनाको समर्थन थियो । केन्द्रमा सत्तासमीकरण फेरिएसँगै एमालेले सरकार छोडेपछि उनी अल्पमतमा परेका थिए ।



प्रतिक्रिया दिनुहोस !