नवनियुक्त तीन राज्यमन्त्रीले लिए शपथ
प्रकाशित मिति : 2 August, 2024 5:51 pm
काठमाडौँ । नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ दिएका छन् ।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष तीन राज्यमन्त्रीले शपथ लिएका हुन् ।
शपथ लिनेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी, वन तथा वातावरण राज्यमन्त्री रुपा विक र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ छन् । योसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।