१ आश्विन २०८१, मंगलबार

नेकपा एसको केन्द्रिय कमिटी ३४४ सदस्यीय

प्रकाशित मिति :  3 August, 2024 10:22 am


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले ३४४ सदस्यीय केन्द्रिय कमिटी बनाएको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको बैठकले आकांक्षीहरुलाई सम्बोधन हुनेगरी ठूलो आकारको केन्द्रिय कमिटी बनाएको हो ।

पार्टीको १० औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाललाई चयन गर्दै ९३ जना केन्द्रिय सदस्यहरुको घोषणा गरेको थियो ।

शुक्रवार बसेको बैठकले केन्द्रिय सदस्यहरुको संख्या बढाएर ३४४ जना पु¥याउने निर्णय गरेको पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

उनले भने, “‘हामीले ९३ जनाको नाम यसअघि नै सुनाई सकेका छौं । अहिले ३४४ सदस्यीय केन्द्रिय कमिटीको घोेषणा गरिएको छ । अब केही दिनभित्र यी सबै केन्दिय कमिटीका सदस्हयहरुको सपथग्रहण समारोह राखिनेछ । त्यसपछाडि हामी पदाधिकारीहरु छनौट गर्नेछांै । धेरै छिटो व्यवस्थापन गरेर पदाधिकारी चयन गर्ने काम हुनेछ ।”

केही दिनभित्र चयन गरिएका केन्द्रिय सदस्यहरुको शपथग्रहण हुने पनि सो पार्टीले जनाएको छ । शपथग्रहण पछि पार्टीको पदाधिकारी चयन हुने बित्तिकै पदाधिकारीहरुको चयन पनि हुने पार्टीका प्रवक्ता खतिवडाले बताए।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !