१ आश्विन २०८१, मंगलबार

मुलुकको आर्थिक विकासका लागि सहकारीको भूमिका महत्वपूर्ण छ: मन्त्री पन्थी

प्रकाशित मिति :  3 August, 2024 5:41 pm


काठमाडाैँ । लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दिनेश पन्थीले मुलुकको आर्थिक विकासका लागि सहकारी संस्थाहरूले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

राष्ट्रिय सहकारी बैंकको २२ औं स्थापना दिवसको अवसरमा घोराहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पन्थीले मुलुकको आर्थिक विकासका लागि सहकारी संस्थाले खेलेको भूमिकाको चर्चा जति गरे पनि कमी हुने बताएका हुन्।

सानो पूँजी संकलन गर्दै स्वरोजगार सिर्जनामा सहकारीले खेलेको भूमिकाको चर्चा गर्दै मन्त्री पन्थीले सहकारीमा भित्रिएका विकृतिका कारण सहकारीको भविष्य अन्धकार बन्दै गइरहेको बताए । सहकारीको समस्या मुलुककै समस्या भएकाले सहकारी सुधारका लागि स्वयं सहकारी संस्थाहरू लागिपर्नुपर्ने मन्त्री पन्थीको भनाइ थियो ।

“छरिएर रहेको सानो सानो पूँजी संकलन गर्दै स्थानीय स्तरमै स्वरोजगार सिर्जनामा सहकारी संस्थाले खेलेको भूमिका महत्वपूर्ण छ । पछिल्ला केही वर्षयता सहकारीमा भित्रिएको विकृतिका कारण सहकारीको भविष्य अन्धकारमय बन्दै गएको छ,” मन्त्री पन्थीले भने, “सहकारीका सवल र दुर्वल पक्ष पहिल्याएर अगाडि बढ्नु नै आजको आवश्यकता हो ।”



प्रतिक्रिया दिनुहोस !