३१ भाद्र २०८१, सोमबार

तिलगंगा नेत्र विश्वविद्यालयसम्बन्धि विधेयक चालु अधिवेशनबाटै पारित हुन्छः सभामुख घिमिरे

प्रकाशित मिति :  4 August, 2024 8:18 am


काठमाडौँ। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले तिलगंगा नेत्र विश्वविद्यालयसम्बन्धि विधेयक चालू अधिवेशनबाटै पारित गर्न आफूले सक्दो पहल गरिरहेको बताएका छन्।

डा. सन्दुक रुइतले आँखाको क्षेत्रमा कमाएको अन्तर्राष्ट्रिय ख्यातीलाई समेत ध्यानमा राखेर आफूले सो विश्वविद्यालय सम्बन्धि विधेयक संसदमा दर्ता गर्ने काममा पनि सहयोग गरेको र त्यसलाई संसदको चालु अधिवेशनबाटै पारित गराउन पनि आफ्नो प्रयत्नलाई जारी राखेको भनाइ उनको छ।

ताप्लेजुङ सरोकार केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले सो विश्वविद्यालय बनेपछि नेपालले आँखाको क्षेत्रमा अध्ययन, अनुसन्धान लगायतका कामलाई अघि बढाउने कामलाई सहज ढंगले अघि बढाउन सकिने जनाए।

सरकारले पनि सो विधेयकलाई अघि बढाउन महत्व दिएको पनि सभामुख घिमिरेको भनाइ छ ।

सभामुख घिमिरेले भने, ”विश्वविद्यालय बनाएपछि नेपाललाई आँखाको क्षेत्रमा अध्ययनलगायत अनुसन्धानको कामका लागि थुप्र्रै खालको अवसरहरु हुने र कामलाई पनि व्यवस्थित गर्न सकिने कुराहरुमा सम्भव भयो भने यही अधिवेशनमा सम्पन्न गर्न पाए हुन्थ्यो भन्ने मेरो प्रयत्न जारी छ ।”

सभामुख घिमिरेले सो विधेयकमा देखिएको असजिलाहरु हटाउन पनि आफूले हरसम्भव प्रयास गरिरहेको जानकारी दिए।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !