कर्णालीमा कांग्रेसका चार मन्त्रीले लिए शपथ
प्रकाशित मिति : 4 August, 2024 2:43 pm
काठमाडौँ । कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् ।
नेपाली कांग्रेसको तर्फबाट सिफारिस भएका चार जना मन्त्रीहरूले आइतबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
मन्त्रीहरूले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शपथ ग्रहण गरेका हुन्।कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्रीमा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी मन्त्री बनेका छन् ।