४ कार्तिक २०८३, मंगलबार

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख ५० हजार

प्रकाशित मिति :  5 August, 2024 11:49 am


काठमाडौँ । सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु एक लाख ५० हजार कायम भएको छ।

आइतबार छापावाला सुन प्रतितोला रु एक लाख ४९ हजार सात सयमा कारोबार भएको थियो। आइतबारको तुलनामा सोमबार छापावाला सुन प्रतितोला रु तीन सयले वृद्धि भएको हो। यस्तै तेजाबी सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले वृद्धि भएको छ।

आइतबार प्रतितोला एक लाख ४९ हजार दुई सय रूपैँयामा कारोबार भएको तेजाबी सुन आजका लागि रु एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ। चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी प्रतितोला रु एक हजार सात सय ८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !