३० भाद्र २०८१, आइतबार

नयाँ सरकार बनेयता मुलुकमा आर्थिक गतिविधि बढ्ने सम्भावना देखियोः सांसद महत

प्रकाशित मिति :  5 August, 2024 4:15 pm


काठमाडाैँ । सत्तारुढ नेपाली काँग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ सरकार बनेसँगै मुलुकमा आर्थिक गतिविधि बढ्ने सम्भावना देखिएको दाबी गरेका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सो कुरा बताएका हुन् । प्रवक्ता महतले खुलुको मौदिक नीति र काँग्रेस एमाले सरकारले मुलुकमा स्थायित्व दिनसक्ने भएकाले मुलुकको आर्थिक गतिविधि आगामी दिन बढ्दै जाने देखिएको तर्क समेत गरे ।

उनले सेयर बजारमा भने बिना आधार उकालो चढिरहेको भन्दै यसमा कडा निगरानी राख्न सरकारलाई सचेत गराए । प्रवक्ता महतले केहीको चलखेलका कारण सेयर बजार उकालो लागेको हुनसक्ने औंल्याउँदै सर्वसाधरणलाई यसमा लगानी गर्ने कुरामा सचेत हुन पनि आग्रह गरे ।

“नयाँ मौद्रिक नीति आउँदै गर्दा सेयर मार्केटमा नयाँ गति देखिएको छ । तर यो शेयर मार्केटमा जसरी बुल स्ट्रेन्थ देखिएको छ । त्यसलाई हामीले सहज रूपमा लिनसक्ने अवस्था छैन । त्यहाँ केही चलखेल गर्नेहरूका म्यानुपुलेशन गर्ने सम्भावना देखिएको छ,” उनले भने । प्रवक्ता महतले सर्वसाधारणको लगानी सेयर बजारमा डुब्नसक्ने खतरा रहेको औंल्याउँदै त्यसो हुन नदिन पनि सरकारको ध्यानाकर्षण गराए ।



प्रतिक्रिया दिनुहोस !