२० मंसिर २०८२, शनिबार

काँग्रेस-एमाले अनुकुलको संविधान संशोधन कदाचित मान्य हुने छैनः सन्तोष परियार

प्रकाशित मिति :  5 August, 2024 2:51 pm


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले आफू अनूकल संविधान संशोधन गर्ने सत्तारुढ गठबन्धनको सहमति मान्य नहुने बताएका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारले राज्यका सबै निकायमा समावेशी हुनेगरी प्रतिनिधित्व गराउन पनि सरकारलाई सचेत गराएका हुन् । उनले सरकारले समावेशीताको आधारमा राज्यका सबै अंगमा नियुक्ति गर्नुपर्ने व्यवस्थालाई लत्याएको आरोप समेत लगाए ।

प्रमुख सचेतक परियारले संविधानले समावेशीतालाई जोड दिएपनि सरकारले सोही अनुसार काम गर्न नसकेको भन्दै आपत्ति जनाए ।

“संविधानको मूलभूत आशय समावेशितालाई अहिले राजनीतिक पार्टीहरुले नै लत्याईरहेका छन् । संविधान आफैले काम गर्ने होइन । संविधान एउटा सामाजिक करार हो । त्यो अनुसार राजनीतिक पार्टी र व्यवस्था चल्नुपर्छ सभामुख महोदय । तर राजनीतिक पार्टीहरु आज त्यो सामाजिक करारलाई मानिरहेका छैनन्,” उनले भने । प्रमुख सचेतक परियारले सरकार संविधानअनुसार अघि बढ्न नसकेको जिकिर पनि गरे ।



प्रतिक्रिया दिनुहोस !