काँग्रेस पदाधिकारी बैठकः केन्द्रिय कार्यसमिति बैठकका एजेण्डाबारे छलफल
काठमाडाैँ । नेपाली काँग्रेसको पदाधिकारी बैठकमा आगामी केन्द्रिय कार्यसमिति बैठकका एजेण्डाहरूको सम्बन्धमा छलफल भएको छ ।
सोमवार पार्टी सभापति निवास बुढानिलकण्ठमा बसेको नेपाली काँग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले आगामी साउन २३ गतेबाट हुने काँग्रेस केन्द्रिय कार्यसमिति बैठकको एजेण्डाहरूको सम्बन्धमा छलफल भएको हो ।
पदाधिकारी बैठकमा अगामी केन्द्रिय कार्यसमितिको बैठकमा महासमिति बैठकमा उपसभापति र महामन्त्रीद्वयले प्रस्ताव गरेकाे राजनीतिक प्रश्ताव, सांगठनिक प्रश्ताव र समसामयिक प्रश्तावलाई संशोधनसहित पारित गर्ने सन्दर्भमा छलफल भएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।
त्यसैगरी पार्टी संगठन सुदृढीकरण र सरकार सञ्चालनको सम्बन्धमा पनि केन्द्रिय कार्यसमिति बैठकमा छलफल हुने तय भएको उनले बताए। उनले सरकार सञ्चालनसँगै पार्टीलाई तल्लो तहसम्म लाने कुरामा केन्द्रिय कार्यसमिति बैठक केन्द्रीत हुने बताए ।








