२० मंसिर २०८२, शनिबार

राज्य व्यवस्था तथा सुशासन समितिमा प्रधानमन्त्री ओली सहभागी

प्रकाशित मिति :  6 August, 2024 2:50 pm


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली संसदीय समितिको बैठकमा सहभागी भएका छन् ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलवार बसेको बैठकमा पहिलो पटक उनी सहभागी भएका हुन्। बैठक दुई बजे बोलाइएको भएपनि प्रधानमन्त्री ओली करिव पौने ३ बजे समितिको बैठकमा पुगेका थिए ।

बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल गर्ने कार्यसूचि रहेको छ ।
यसअघि साउन १६ गते शान्ति सुरक्षा र कारागार व्यवस्थापन सम्बन्धि समितिको बैठकमा पनि प्रधानमन्त्री ओलीलाई बोलाइएको थियो । तर प्रधानमन्त्री ओलीले आफू आउन नसक्ने जानकारी गराउँदै समितिको बैठकमा गृहमन्त्री रमेश लेखकलाई पठाएका थिए ।



प्रतिक्रिया दिनुहोस !