प्रधानमन्त्रीको दाबीः कहिल्यै भ्रष्टाचार गरिन् र सहिन
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कहिल्यै पनि भ्रष्टाचार नगरेको दाबी गरेका छन् । मंगलवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले आफूले कसैलाई भ्रष्टाचार गर्ने कुनैपनि खालको अनुमति नदिएको जिकिर पनि गरे । उनले आफूमाथि राजनीतिक रूपमा कुनै लाञ्छना लगाउने काम भएपनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धता दोहो¥याए । भ्रष्टाचार नगर्ने र अरूलाई पनि आफूले भ्रष्टाचार गर्न नदिने प्रधानमन्त्री ओलीको दृढता थियो । उनले आफ्नो जानकारीमा रहेका ठाउँहरुमा आफूले भ्रष्टाचार गर्न नदिने पनि बताए ।
“मैले भ्रष्टाचार गरिन र गर्न कसैलाई इजाजत पनि दिएको छैन । अव कहिले कहिले मेरो बुताभन्दा बाहिर, मेरो जानकारी भन्दा बाहिर अरूले गरेका कुरा रोक्न नसकेको होला । तर गर्न दिएको होइन । म स्पष्ट गर्न चाहन्छु । फेरी पनि मेरो दृढ प्रतिवद्धता छ–म भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्न जोकोही होस्,”उनले भने ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले विधेयकहरू छिटो पारित गर्न पनि संसद र संसदीय समितिहरूलाई आग्रह गरे ।








