सम्पदा संरक्षणमा सम्झौता हुँदैनः प्रमुख महर्जन
काठमाडाैँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरले सम्पदाको संरक्षणलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।
बिहीवार ललतिपुरमा तस्बिरमा नगरप्रहरी नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले ललितपुर महानगरपालिकाले लिएका धेरै नीतिहरूमध्ये सम्पदा क्षेत्रको संरक्षणको नीति प्राथमिकताका साथ अघि बढाएको जिकिर गरे।
उनले सम्पदा संरक्षणमा कुनै सम्झौता नहुने बताए । उनले सम्पदा संरक्षणमा कुनै कमजोरी नगरी महानगरले काम गरिरहेको जिकिर गरे । उनले ललितपुर महानगर क्षेत्रभित्र रहेको सम्पूर्ण सम्पदाहरूलाई सम्मान गरेर आफूहरु संरक्षणमा जुटेको पनि बताए । उनले सम्पदाको क्षेत्रमा महानगरले कायापलट हुनेगरी काम गरेको दाबी गरे ।
मेयर महर्जनले महानगरभित्र अवैधानिक रुपमा गर्ने क्रियाकलापहरुलाई बन्द गर्न महानगर प्रहरीले सशक्त भएर काम गर्ने विश्वास लिएको बताए ।








