३० भाद्र २०८१, आइतबार

माओवादी केन्द्र आन्दोलनका स्वरुप परिवर्तन गरी जनतामा जाने

प्रकाशित मिति :  11 August, 2024 8:31 am


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) आन्दोलनका स्वरुप परिवर्तन गरी जनतामा जाने भएको छ ।

शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा सोबारेमा छलफल भएको हो ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले आन्दोलनका स्वरुप बनाइ नयाँ ढंगबाट जनतामा जानेबारेमा अध्यक्ष पुष्पकमल दाहालले निर्देशित गर्नुभएको बताएका छन्।

उनले बैठकमा अध्यक्ष दाहालले वैचारिक, सांगठनिक, राजनीतिक र परिस्थितिकीय कार्यभारको बारेमा पनि धारणा राख्नुभएको जानकारी दिए।

बैठकमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, उपमहासचिव द्वय वर्षमान पुन र जनार्दन शर्मा, नेताहरु प्रशुराम तामाङ, सुरेन्द्रबहादुर कार्की, गणेशमान पुन, अग्नि सापकोटा, कुलप्रसद केसी, , गणेश साह, देवेन्द्र पौडेल, अमृता थापामगर, चक्रपाणी खनालले आफ्ना धारणा राखेका थिए।

सापकोटाले भने, “अध्यक्षले वैचारिक, सांगठनिक, राजनीतिक र परिस्थितिकीय र हाम्रो कार्यभारको बारेमा धारणा राख्नुभयो । आन्दोलनका स्वरुप पनि नयाँ ढंगबाट सञ्चालन गर्नेकुरामा अघि बढ्ने र सदन प्रभावकारी बनाउने र सदन र सडक जोड्ने काम गर्ने । नयाँ कार्यक्रमसहित जनतामा जानेकुरामा जोड दिएर राख्नुभएको छ ।”

परिस्थिति जटिल भएको र त्यसका चुनौतिहरुको समाधान गर्न पार्टी सक्षम, सुदृढ हुनुपर्ने कुरामा नेताहरुले जोड दिएको पनि उनले बताए।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !