गायक प्रकाश तिमिल्सिनाको निधन
प्रकाशित मिति : 11 August, 2024 10:04 am
काठमाडौँ । गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ ।
ललितपुरको भैँसेपाटी बस्दै आएका तिमिल्सिना शनिवार साँझ आफ्नै कोठामा बेहोस अवस्थामा फेला परेका थिए। घटना लगतै उनलाई परिवारले पाटन अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।
गायक प्रकाश तिमिल्सिनाको शव पोस्टमार्टमको लागि पाटन अस्पतालमा राखिएको छ । उनको शवलाई आज केही समय सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान नक्साल भगवती बहालमा अन्तिम श्रृद्धान्जलीका लागि राखिने र आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने बताइएको छ।
नेपाली तारा मार्फत सङ्गीत क्षेत्रमा उदाएका तिमिल्सिनाका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ’, ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’ लगायतका दर्जनौँ गीतले चर्चित छन् ।








