१६ बैशाख २०८१, आइतबार

संसदमा बोल्दाबोल्दै प्रधानमन्त्रीलाई उभिन गाह्रो भएपछि रोष्ट्रममै कुर्सीको व्यवस्था

प्रकाशित मिति :  19 May, 2020 12:53 pm


काठमाण्डौं, ६ जेठ । 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा उभिएर सम्बोधन गर्न गाह्रो भएको छ ।

सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिइरहेका बेला प्रधानमन्त्री ओलीले आफूलाई उभिएर बोल्न गाह्रो भएको जानकारी गराए । उनले सभामुखलाई आफूलाई उभिएर गाह्रो भएकाले बसेर बोल्न सकिन्छ भने व्यवस्था गरिदिन आग्रह गरे ।

लगत्तै संसद सचिवालयका महासचिवलाई प्रधानमन्त्रीका लागि बस्ने व्यवस्था गर्न निर्देशन दिए । केहीबेरको अलमलपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीलाई आफ्नो सिटमै गएर सम्बोधन गर्न आग्रह गरे। तर प्रधानमन्त्रीले अगाडि बसेर बोल्दा सबैतिर देखिने भएकाले रोस्ट्रमबाटै सम्बोधन गर्ने चाहना व्यक्त गरे ।

त्यसपछि उनलाई रोष्टममा नै कुर्सीमा बसेर बोल्ने व्यवस्था गरिएको छ । प्रधानमन्त्रीले भने,‘अप्रेशनका कारणले खुट्टामा समस्या भएकाले उभिएर गाह्रो भयो ।’ प्रधानमन्त्रीलाई बोल्नका लागि रोष्ट्रममै कुर्सी व्यवस्था गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !